काठमाडाैँ । बाँकेमा थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पतालमा उपचार गराइरहेको दुई संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बर्दिया बारबर्दिया नगरपालिका-८ की ५२ वर्षीया महिला र रोल्पा नगरपालिका-४ का ६० वर्षीय पुरुष रहेका छन् । हालसम्म बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका ३५६ जनाले ज्यान गुमाइसकेका छन् ।
पछिल्लाे समयमा बाँकेमा संक्रमणदर घट्दै गइरहेकाे छ । अस्पतालमा पनि चाप घटेकाे छ ।
तपाईंको प्रतिकृया




