ज्योति विकास बैंकले असार २० गतेदेखि ऋणपत्र निष्काशन गर्ने

काठमाडाै ।  ज्योति विकास बैंक Jyoti Bikash Bank Limited ले असार २० गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ५० करोड बराबरको (प्रति कित्ता १ हजार अंकित दरका) १५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको हो । यसमध्ये ९ लाख कित्ता निजि हिसाबबाट र ६ लाख कित्ता सर्वसाधारण लगानीकर्ताको लागि बिक्री हुनेछ । सर्वसाधारणलाई छुट्याईएको ६ लाख कित्ता मध्ये ३० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको बैंकले जानकारी दिएकाे छ ।

ऋणपत्र निष्काशनको लागि एनआइबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । याे ऋणपत्रमा छिटोमा असार २३ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ३ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ताको लागि अधिकतम ३० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले वार्षिक ९ प्रतिशत ब्याज प्रदान गर्ने भएकाे छ ।

मेरो शेयर अनलाइन र सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को टाइटल स्पोन्सरको रूपमा सिद्धार्थ बैंक …

प्रतिकृया दिनुहॊस