काठमाडौं । जेठ महिनामा चिनियाँ खोपको पहिलो डोज लगाएकालाई सरकारले असार २२ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने भएकाे छ । गत जेठ २५ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न जिल्लामा (देशभर) ६० वर्षदेखि ६४ वर्ष उमेर समूहका नाागरिकलाई चिनियाँ खोपको पहिलो डोज खोप लगाईएको थियो ।
साे खोपको पहिलो डोज लगाएका ३ लाख ७० हजार बढी नागरिकलाई २२ गतेबाट दोस्रो डोज खोप लगाईने तयारी भएको स्वास्थ्य सेवा विभागले वताएकाे छ । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । विभागले अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत उक्त अवधिमा दोस्रो बुस्टर डोज लगाईने वताएकाे छ ।
प्रतिकृया दिनुहॊस