२ हजार ४ सय ७४ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २ सय ३५ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार ५ सय ७७ जना तथा ४ हजार ९ सय ९७ जनाको एन्टिजेन परीक्षण गर्दा ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । २ हजार ५१८ जना निको भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या ६ लाख २९ हजार ४ सय ३१ पुगेको छ । जसमध्ये ५ लाख ७० हजार ९ सय ५८ जना निको भएका छन् भने ८ हजार ९ सय १८ जनाको मृत्यु भएको छ ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री