कामना सेवा विकास बैंकको ऋणपत्र आजदेखि कारोबार गर्न पाइने

काठमाडौं । कामना सेवा विकास बैंकको ‘९ प्रतिशत कामना सेवा बिकास बैंक लिमिटेड ऋणपत्र २०८७’ नामक ऋणपत्र आजदेखि किनबेच गर्न पाइने भएको छ । असार ९ गते बुधबार नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएसँगै आजदेखि कारोबार हुने भएको हो । चुक्ता मुल्य एक हजार रुपैयाँ कायम भएको कुल १० लाख कित्ता थान ऋणपत्र सूचीकृत भएको हो । जुन गत २०७७ माघ २२ मा निष्काशन तथा बिक्री खुला भएको थियो ।

साे ऋणपत्र सूचीकरण सम्बन्धी बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । काठमाडौं महानगरपालिका वडा नं. ३० ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री