हिमालयन बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा १५% सम्म छुट पाइने

काठमाडौँ । हिमालयन बैंक र दराज बीच प्रत्येक बिहिबार दराजबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकको सुविधाको लागि प्रत्येक बिहिबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहिबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५% वा अधिकतम ५ सय सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितीबाट आफ्ना ग्राहकहरुलाई सुरक्षित राख्न डिजिटल बैंकिङ्खको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामानहरु खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुनेछन् ।

बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन् । हाल बैंकले ७१ वटा शाखा, ५००० भन्दा बढि पस टर्मिनल, ६०० भन्दा बढि इ कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढि एटिएम मार्फत सुबिधा दिदै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री