एनएमबि बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ । बैंकले आज बुधबार विज्ञापन खुलाउँदै विभिन्न पदमा ३ सय १० जनाको लागि रोजगारी आवेदन खुलाएको छ । बैंकले विभिन्न ८ वटा पदका लागि आवेदन माग गरेको हो । ब्राञ्च म्यानेजर, रेलेशनसिप म्यानेजर, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन र सुपरभाजर), अप्रेसन इन्चार्ज, जुनियर असिस्टेन र म्यानेजमेन्ट ट्रेनी पदका लागि आवेदन माग गरेको हो ।
माग गरिएको ब्राञ्च म्यानेजरमा ५० जना, रेलेशनसिप म्यानेजरमा ४० जना, असिस्टेन रेलेशनसिप म्यानेजर (सिनियर असिस्टेन्ट र सुपरभाइजर) २० जना, अप्रेशन इन्चार्ज २० जना, जुनियर असिस्टेन्ट १५० जना र म्यानेजमेन्ट ट्रेनी ३० जना माग गरेको छ ।
तोकिएको अनुभव र शैक्षिक योग्यता पुगेका इच्छुक आवेदकले असार २३ गतेसम्म बैंकको आधिकारिक वेव साइटमार्फत् आवेदन दिनसक्ने बैंकले भनेकाे छ।
हेर्नुहोस् सूचना




