निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँमा सवारीको चाप

काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी साधनको चाप ह्वात्तै बढेको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर, भक्तपुर)मा आजदेखि निषेधाज्ञा थप खुकुलो पारिएसँगै सवारीकाे चाप बढेको हो ।

निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सञ्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएको छ । बिहानैदेखि उपत्यकामा कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ ।

मुख्य सडकका केही चोकमा जाम देखिएकाे छ भने भित्रि सडकमा पनि सवारी बाक्लिएका छन् । पसलहरुमा किनमेल गर्नेको भीड पनि बढेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री