करेन्ट लागेर एक मिस्त्रीको मृत्यु, अर्का घाइते

काठमाडाैँ । सप्तरीमा करेन्ट लागेर एक मिस्त्रीको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका-३ कटटैयामा ट्युबेल जडान गर्ने क्रममा करेन्ट लागेर सोही स्थानकै सञ्जीव लौगीको मृत्यु भएको हो ।

करेन्ट लागेर सञ्जीवका दाजु सुरेन्द्र घाइते भएका छन् । अहिले उनी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार गराइरहेका छन् ।

लौगी दाजुभाइ स्थानीय बचाइ माझीको घरमा ट्युबेल जडान गर्दै थिए । सोही क्रममा माथि झुन्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले बताएका छन् । सञ्जीवकाे शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएकाे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री