कोभिडका कारण पूर्व सञ्चार राज्यमन्त्री विष्टको निधन

काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । कोभिड-१९ संक्रमण भई ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत बिष्टको बिहान निधन भएको हो ।

संक्रमण भएपछि जेठ १६ गते प्रदेश अस्पताल सुर्खेतम विष्ट भर्ना भएका थिए । विष्टको स्वास्थ्यमा सुधार नभएपछि थप उपचारका लागि जेठ २६ गतेदेखि काठमाडौंस्थित मेडिसिटी हस्पिटलमा रिफर गरिएको थियो ।

पञ्चपुरी नगरपालिका-११ कुइने मालुझुल घर भएका ६० वर्षीय विष्ट पूर्व संविधान सभा सदस्य थिए । नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।

२०३६ सालदेखि विद्यार्थी जीवनबाट राजनीति सुरु गरेका विष्ट २०४६ साल पहिले प्रतिबन्धित नेपाली कांग्रेसका सदस्य बनेको थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री