आजको मौसमः कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

काठमाडाैँ । अहिले देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले बिहान देशभर सामान्यदेखि पूर्णरुपमा बदली भइरहेको छ । प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेश केही स्थान र बाँकी प्रदेशमा एक–दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षा हुनसक्छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका केही स्थानमा स्थानमा भारी वर्षा को सम्भावना छ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

साथै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा अत्याधिक भारी वर्षा को सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका विभिन्न भागमा हल्कादेखि भारी वर्षा हुनसक्ने देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री