तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनियो, सर्तक रहन प्रशासनको आग्रह

काठमाडाैँ । तिब्बतमा पहिरो जाँदा तामाकोशी नदी थुनिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राति पौने १० बजे सूचना जारी गर्दै जतिसुकै बेला तामाकोशी नदी विस्फोट हुनसक्ने चेतावनी दिएको छ ।

उसले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सजगता अपनाइ सुरक्षित स्थानमा रहन समेत आग्रह गरेको छ । प्रशासनले नेपाल–चीन क्षेत्रमा रहेको टिङ्ग्री काउन्टीको रोङ्गजिया शहर र सो आसपासमा भारी वर्षा भएर पहिरो आउँदा नदीको प्रवाह रोकिएको सूचना प्राप्त भएको जनाएको छ ।

तामाकोशीको तटीय क्षेत्रमा जोखिम सिर्जना हुनसक्ने देखिएकाले सम्पूर्ण स्थानीयलाई सजक रहन र खतराको संकेत प्राप्त हुना साथ सुरक्षित स्थानमा जान प्रशासनले आग्रह गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री