काठमाडाैँ । देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पूर्वानुमान महाशाखाले जनाए अनुसार आइतबार र सोमबार पनि देशका विभिन्न भू–भागमा हल्कादेखि भारी वर्षासम्म हुने सम्भावना छ ।




