राष्ट्रिय वाणिज्य बैंकले ग्राहकलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कोभिड-१९ बाट प्रभावित ग्राहकलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने भएकाे छ ।

बैंकले २०७८ साल असार मसान्तभित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरुले बुझाउने प्रचलित ब्याज रकमको सो मात्राको रकम छुट प्रदान गर्ने निर्णय गरेको हो ।

उक्त छुट सुविधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका एक लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरू लाभान्वित हुने बैंकले अपेक्षा गरेको छ ।

यसले गर्दा ग्राहकले नियमितकर्जा भूक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरुलाई व्याज रकममा छुट प्रदान गर्दा कर्जा भूक्तानी गर्न सहज हुने तथा व्यवसायको निरन्तरता एवं पूनरुत्थानमा सहयोग पुग्ने बैंकको जनाएको छ।

नेपाल राष्ट्र बैंकले गत जेठ ११ गते परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना ग्राहकलाई प्रोत्साहन स्वरुप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्रभु बैंकलाई

काठमाडौं । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ प्रभु बैंक लिमिटेडले जितेको छ । प्रभु बैंकले …

प्रतिकृया दिनुहॊस