कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशन सार्नेबारे छलफल हुने

काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । १४ औं महाधिवेशन सार्ने औपचारिक निर्णय गर्न दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको हो ।

यसअघि सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले महाधिवेशन सार्ने निर्णय गरेको थियो । यसलाई अनुमोदन गर्न आज केन्द्रीय समितिको बैठक बस्न लागेको हो ।

महाधिवेशनको नयाँ मिति आगामी भदौ १६ देखि गर्न प्रस्ताव गरिएको छ । त्यस्तै, असार ५ देखि सुरु हुनुपर्ने वडा तहको अधिवेशन साउन ६ देखि गर्न प्रस्ताव गरिएको छ । क्रियाशील सदस्यताको टुंगो लगाउन नसकिए कसरी महाधिवेशन गर्ने भन्ने टुंगो लगाउनसमेत कांग्रेसलाई दबाब छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सहकारी ठगी प्रकरण : रवि लामिछानेको आजको बयान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको काठमाडौंमा शुक्रबारको बयान सकिएको छ । …

प्रतिकृया दिनुहॊस