काठमाडौँ । विश्वभर तिव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले आधिकारिक रुपमा विश्व बजारमा बहुप्रतिक्षित मोबाइल फोन रियलमी फ्लागशिप किलर सार्वजनिक गरेको छ । जीटी सिरिज र पहिलो क्वालकम स्न्यापड्रागन ८८८ अन्तर्गत सञ्चालित यस फोनले उपभोक्तालाई उच्च गुणस्तरीय अनुभूतिहरु प्रदान गरेकाे छ । फ्लागशिप उत्पादनका साथै मध्यमदेखि उच्च सेग्मेन्टको यस ब्राण्डमा मुख्यगरी गति–प्रेरित डिजाइन, सशक्त ऊर्जा शक्ति र निरन्तर स्थिर प्रदर्शन तीनवटा विशेषताहरु प्रदान गर्दछ ।
उद्घाटन समारोहमा बोल्दै कम्पनीका सीईओ स्काई लीले भने, ‘विश्वभरका रियलमी प्रयोगकर्ताका लागि फ्लागशिप किलर ल्याउन पाउँदा खुसी छौँ, वर्षको शुरुवातमा घोषणा गरेअनुसार मध्यमदेखि उच्च सेग्मेन्टको फोनको विभाजनका लागि द्वैत प्लेटफर्म– द्वैत फ्लागशिप रणनीतिअनुसार यसलाई सार्वजनिक गरिएको हो ।’ उपभोक्ताका लागि अधिकतम फ्लागशिप सुविधा प्रदान गरेर विश्वव्यापी रुपमा रियलमीको अत्याधुनिक प्रविधिको पहुँच प¥याई दैनिक जीवन सशक्तिकरण गर्ने कम्पनीको लक्ष्य रहेको त्यही प्रतिवद्धता अनुसार आफुहरु अघि बढिरहेको उनले बताए ।
रियलमी अत्याधुनिक आर्टिफिसियल टेक्नोलोजीेको क्षेत्रमा नयाँ ट्रेन्डका रुपमा उदाएको लोकप्रिय ब्राण्ड हो । जसले उच्च क्वालिटीका मोबाइल फोनहरुको उत्पादन गरिरहेको छ । यस कम्पनीले विश्वमा टेक्नोलोजीप्रति चाँसो राख्ने युवाहरुलाई लक्षित गरि ‘चुनौतीदेखि उन्नतिसम्म’को नाराका साथ व्यापक विकास गर्दै जाने लक्ष्य लिएको कम्पनीकाे दाबी छ ।
कम्पनीले आफ्ना नयाँ पछिल्ला उत्पादनहरुलाई आधुनिक टेक्नोलोजी र थप फिचर्सको प्रयोग गरी स्मार्टफोन प्रयोगकर्ताहरुसम्म पु¥याउने बताएको छ । २०१८ मे ४ देखि यसका संस्थापक स्काई लिले रियलमी फोनको उद्योग स्थापना गरेका थिए । रियलमी २०२० मा संसारका उत्कृष्ट ५० स्मार्टफोनमध्ये ७ औँ नम्बरमा परेको थियो । हालसम्म यसका प्रयोगकर्ता ७० करोड नाघेका छन् । कम्पनीका चीन, भारत, दक्षिण एसिया, युरोप, रसिया, अफ्रिका लगायतका देशगरी ६० वटा ठूला बजार रहेका छन् ।




