कञ्चनपुरमा १९ वर्षीया युवतीमाथि सामूहिक बलात्कार

काठमाडाैँ । कञ्चनपुरमा एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बेदकोट नगरपालिक-धरमपुरकी १९ वर्षीया एक युवतीमाथि सामूहिक बलात्कार भएको हो ।

धरमपुरस्थित मुक्तकमैया शिविरकी ती किशोरीमाथि बलात्कार भएको हो । किशोरीमाथि बिहीबार सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ । नसालु पदार्थ खुवाएर स्थानीय दुई युवाले उनलाई सामूहिक बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए ।

बलात्कारमा संलग्न भएको आरोपमा सोही ठाउँका २२ वर्षीय धन बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ । अर्का एक युवा फरार रहेका थापाले बताए । ‘घटनामा दुई जनाको संलग्नता रहेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिएका छौँ’, डिएसपी थापाले भने, ‘अर्का आरोपीको खोजी भइरहेको छ ।’ घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए । बलात्कारमा परेकी युवती शारीरिक रुपमा अशक्त छिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डिभीको नतिजा आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट

काठमाडौँ । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा आज आउँदै छ । नेपालस्थित अमेरिकी …

प्रतिकृया दिनुहॊस