मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडाैँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल विस्तार गर्दै छन्। प्रधानमन्त्री ओलीले २५ सदस्यीय मन्त्रिपरिषद पुनगर्ठन गरेर पूर्णता दिन लागेका हुन् ।

ओलीले हाल उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास, रक्षा, गृह, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैंले सम्हाल्दै आएका छन् ।  गृह मन्त्रीमा खगराज अधिकारीको नाम चर्चामा छ ।

त्यस्तै नैनकला थापा- सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्वालाकुमारी साह- कृषि मन्त्री, नारदमुनी राना- वनमन्त्री, मोहन बाँनिया- विना विभागीय, राजकिशोर यादव-उद्योग मन्त्री, गणेश पहाडी- सामान्य प्रशासन मन्त्री र आशा बिक वन राज्यमन्त्री हुने भएका छन्।

नवनियुक्त मन्त्रीहरूले आजै साँझ सपथ लिने बताईएको छ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस