साथीको हत्या गरेको अभियोगमा पक्राउ

कैलाली । आफ्नै साथीको हत्या गरेको अभियोगमा कैलारी गाउँपालिका-४ के गाउँ घर ठेगाना बताउने ३९ वर्षीय सोम बहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ  ।

मजदुरीको काम गरी बस्ने धनगढीमन ३६ वर्षीय विशाल बुढाथोकीको टाउकोको पछाडी घाउ चोट रही  मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानको क्रममा सोम बहादुर पक्राउ परेका हुन् ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूबीच आइतबार बेलुका घरेलु मदिरा सेवन गरी बादबिबाद हुँदा सोम बहादुरले फलामको कर्नीले टाउकोमा हिर्काउँदा विशालको मृत्यु भएको खुल्न आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री