मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ  भने एक जना घाइते भएका छन् ।

उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना३६प २१९९ नम्बरको मोटरसाइकल कालिका-९ सुनखानीमा दुर्घटना हुदाँ इच्छाकामना गाउँपालिका-२ बस्ने ६० वर्षीया हस्तमाया मगरको मृत्यु भएको छ भने उनका छोरा मोटरसाइकल चालक रत्ननगर नगरपालिका-११ बस्ने ३५ वर्षीय फत्तेबहादुर मगर घाइते भएका छन् ।

घाइते मगरको दुवै खुट्टा, हात र ढाडमा चोट लागेको छ र चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस