सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् ।

मंगलबार प्रदेशसभामा भएको मदतानमा उनले विश्वासको मत प्राप्त गर्न सफल भएका हुन् ।

५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री भट्टलाई ३० सांसदले विश्वासको मत दिए भने  विपक्षमा ९ मत परेको छ ।

नेकपा एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान गरेका हुन् । विपक्षमा मत दिनेमा जसपाका २ र एमालेका ७ सांसद छन् ।

माओवादी केन्द्रका १३ सांसद रहेकामा एमाले संसदीय दलले समेत समर्थन गर्ने निर्णय गरेपछि भट्टको मुख्यमन्त्री पद जोगिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री