काठमाडौँ । भारतमा लगातार दैनिक संक्रमण हुनेको संख्या घटिरहेको देखिएको छ । भारतमा ६६ दिनपछि कै सबैभन्दा कम संक्रमित भेटिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको अपडेट अनुसार २४ घण्टामा २ हजार १२३ जनाको मृत्यु भएको छ । त्यस्तै २४ घण्टामा ८६ हजार ४९८ संक्रमित भएका छन् ।
योसँगै भारतमा अहिलेसम्म कुल मृत्यु हुनेको संख्या ३ लाख ५१ हजार ३०९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख ९६ हजार ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा ८६ हजार संक्रमित भएका छन् भने १ लाख ८२ हजार संक्रमण मुक्त भएका छन् । त्यस्तै भारतमा अहिलेसम्म २ करोड ७३ लाख ४१ हजार ४६२ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै अहिले भारतमा १३ लाख ३ हजार ७०२ कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै भारतमा अहिलेसम्म कुल ३६ करोड ८२ लाख ७ हजार ५९६ नमुना परिक्षण गरिएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १८ लाख ७३ हजार ४८५ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ । त्यस्तै भारतमा अहिलेसम्म कुल २३ करोड ६१ लाख ९८ हजार ७२६ जनाले कोरोनाको खोप लगाएका छन् ।




