सुनको मुल्यमा सामान्य गिरावट, तोलाको कति आज ?

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३सयले घटेर ९३ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९४ हजार १ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि तोमाला ५ रुपैँयाले घटेर प्रतितोला १३५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री