अब सामाजिक सुरक्षा कोषमा खल्ती डिजिटल वालेटबाट सिधै भुक्तानी गर्न सकिने

काठमाडौं । सामाजिक सुरक्षा कोषमा आवद्ध संगठित संस्थाहरूले खल्ती डिजिटल वालेटमार्फत सिधै रकम जम्मा गर्न सक्ने भएका छन् ।

खल्तीले नेपालमा गरिने हरेक भुक्तानीलाई डिजिटाइज गर्ने उद्देश्यले उक्त सेवा संचालनमा ल्याएको हो ।

खल्ती डिजिटल वालेटका सहायक प्रबन्धक, जोनाम भुर्तेल र सामाजिक सुरक्षा कोषको कार्यकारी निर्देशक, कपिलमणि ज्ञवाली बीचको सम्झौतामा हस्ताक्षर भएको हो ।

यस अन्तर्गत अब सामाजिक सुरक्षा कोषमा सरकारी र प्राइभेट कार्यालयमा कार्यरत दुबै किसिमको कर्मचारीहरुले आफ्नो मासिक आम्दानीबाट निश्चित रकम खल्ती वालेट बाट सजिलै भुक्तानी गर्न सक्नेछन् ।

उक्त रकम हरेक महिनाको १५ गते भित्र भुक्तानी गरिसक्नु पर्ने हुन्छ । नतिरेको अबस्थामा कुनै कर्मचारीले आफ्नो कोषको रकम दावी गरेमा संगठनलाई निश्चित रकम जरिवाना लाग्नेछ । “खल्तिले सामाजिक सुरक्षा कोषमा आवद्ध संस्थाहरुले घरमै बसी सजिलै रकम भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा पुगेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा रहेको छ ।

प्रतिकृया दिनुहॊस