असार १ गतेदेखि काठमाडौंमा ‘घरजग्गा मेला’

काठमाडौं ।  आगामी असार १ गतेदेखि काठमाडौंमा ‘घरजग्गा मेला’ हुने भएको छ । सोमबार राजधानीमा नेपाल जग्गा तथा आवास विकास संघले पत्रकार सम्मेलन गरी आगामी असार १ देखि ५ गतेसम्म राजधानीको भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा मेला गर्न लागेको जानकारी गराएको हो । संघले घरजग्गा मेला गर्न लागेको यो सातौं पटक हो । मेलामा उपभोक्ताहरूले सुलभ मूल्यमा घरघडेरी रोज्न पाउने छन् ।

मेलामा घरजग्गा व्यवसायीहरूले स्टल राख्ने छन् । वैज्ञानिक र व्यवस्थित एवं सुरक्षित जग्गा विकास तथा सहरीकरणमा जोड दिने संघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री