काठमाडौं । उपत्यकाको निषेधाज्ञा केही खुकुलो भएको छ । केही खुकुलो गर्दै जेठ ३१ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी चहलपहल बढेको देखियो ।
सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ । निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ ।
त्यसरी चलेका सवारीलाई प्रहरीले रोकेर होल्डिङ सेन्टरमा राखेको छ । भित्री सडक पहिले झैं सुनसान देखिएपनि मुख्य सडकमा भने सवारीको संख्या बढेको हो । सरकारले किराना पसल, वर्कसप, निर्माण कार्यलगायत खोल्न दिने निर्णय गरेसँगै यसअघिकोभन्दा चाप बढेको हो ।
-
हेरौं तस्बिर र भिडियो :-
प्रतिकृया दिनुहॊस