रुपन्देहीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा

रुपन्देही। रुपन्देहीमा जारी गरिएको निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्बिने भएको छ।

बुधबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

रुपन्देही जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

निषेधाज्ञामा अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खानेपानी आपूर्ति, फोहोरमैला व्यवस्थापन, विद्युत्, खाद्यान्न, पशुपन्छीजन्य सामग्री, दाना, माछा, मासु, अण्डा, कृषि उपज, बीउबिजन, रासायनिक मल तथा कृषि औजार ढुवानी गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइनेछ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस