निषेधाज्ञा: भोलिदेखि कुन-कुन क्षेत्र खुल्छन् ? [आदेशसहित]

काठमाडौं । उपत्यकाका तीनवटै जिल्लाका सीडीओहरूको बैठकले ३१ जेठसम्मलाई थपेको निषेधाज्ञामा केही नियम परिवर्तन गरिएको छ । यसअघि निर्माण ढुवानीका सवारी साधन चलाउन रोक लगाइएको थियो । अब निश्चित समय तोकेर त्यस्ता सवारी साधनलाई चल्न दिइने भएको छ ।

भोलिदेखि बिहान ९ बजेसम्म तरकारी, फलफूल, किरानालगायत पसलहरू खुल्ने भएका छन् । जेठ १४ गतेबाट खाद्यान्‍न पसलसमेत बन्द गरिएकोमा जेठ २१ गतेबाट भने अत्यावश्य खाद्य सामग्रीका पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय गरिएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।

त्यस्तै अत्यावश्यक ढुवानीका साधन राति ९ बजेदेखि बिहान ११ बजेसम्म चल्न दिइने पनि उनले जानकारी दिए । थपिएको निशेधाज्ञामा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक वस्तु वा सेवा खरिदको काममा बाहेक कसैलाई घर बाहिर ननिस्कन भनेको छ ।

त्यस्तै सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाँचघर, क्लव, स्वीमिङ पुल, सपिङ मल, सैलुन, व्युटी पार्लर, हेल्थक्लव, पुस्तकालय लगायत मानिसहरूको भिडभाड हुने खालका कुनै पनि कार्यक्रम सञ्चालन गर्न नपाइने भएको छ । शैक्षिक संस्थाहरू विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रहरू पनि बन्द नै रहने निर्णय भएको पनि प्रजिअ पराजुलीले बताए ।

सार्वजनिक सवारी साधनहरू भने जेठ ३१ गतेसम्म सञ्चालन गर्न नपाइने भएको छ । अत्यावश्यक सेवाहरू एम्बुलेन्स, खानेपानी, विद्युत मर्मत सम्भार, स्वास्थ्य सम्बद्ध सवारी साधनहरू, दुरसञ्चार, इन्टरनेट, मर्मत तथा फोहोरमैला व्यवस्थापनसँग सम्बन्धित सवारी साधनलाई पनि सञ्चालन गर्न दिइनेछ ।

अरु कुन-कुन नियम परिवर्तन भए ? हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना :-

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री