काठमाडौं । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।
काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका थापाको आज मंगलबार अपराहृन ४ बजेर २५ मिनेटमा निधन भएको हो ।
कोरोना संक्रमित भएर दुई सातादेखि उपचार गराइरहेका विवेकशील साझा पार्टीका पूर्वसंयोजक तथा विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाका लागि ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भएको छ।
तपाईंको प्रतिकृया



