वनमा निगुरो टिप्न जाँदा बाघको आक्रमणमा परी महिलाको मृत्यु

बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट परेर फेरि एक महिलाको ज्यान गएको छ । मधुवन नगरपालिका–५ की ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो स्थानीय बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्न गएको बेला उनलाई बाघले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

निगुरो टिप्ने क्रममा एक्कासी बाघले घिसारेर बेपत्ता बनाएकी क्षेत्रीको शव अलि पर घना जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री