चीनबाट ८ लाख डोज खोप आइपुग्दै, क-कसले पाउछन् ?

काठमाडाैँ । चीन सरकारले अनुदानमा दिएको खोप लिएर नेपाल एयरलाइन्सको चार्टर विमान काठमाडौं आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये ८ लाख डोज आज काठमाडौं आइपुग्ने भएको हो । सोमबार राति ११ बजे बेइजिङका लागि उडेको वाइड बडी जहाज दिउँसो साढे २ बजे खोप लिएर फर्किनेछ ।

यो खोप खोप ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले अब आउने खोप प्राथमिकताका आधारमा ६० देखि ६५ वर्ष उमेर समूहलाई लगाउने लगाउने तयारी गरेको जानकारी दिएका छन् । उनका अनुसार खोप प्राप्त हुनासाथ राजधानी उपत्यकासहित यथासक्य छिटो देशभर पुर्याएर लगाउन सुरु गरिनेछ ।

यसअघि सरकारले भारतीय कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिशिल्ड खोप १४ जिल्लामा ५५ वर्षभन्दा माथिकालाई र बाँकी जिल्लामा ६५ वर्ष उमेर समूहलाई दिएको थियो । यही खोपको पहिलो मात्रा लगाएका करिब ९ लाख ज्येष्ठ नागरिकले दोस्रो मात्रा खोप लगाउने समय भएपनि लगाउन पाइएको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गर्ने स्वास्थ्यमन्त्री पौडेलको प्रतिबद्धता

काठमाडौं । निर्माण भएर पनि पूर्वाधार अभावमा सेवा उपलब्ध गराउन समस्या भोगिरहेको कोशी प्रदेश सरकारअन्र्तगतको …

प्रतिकृया दिनुहॊस