मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु

झापा । मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ ।
झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ ।
आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमलामा ठक्कर खाई दुर्घट्ना हुदाँ गम्भिर घाईते भएका दर्जीको विएन्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बेलुका ८ बजे मृत्यु भएको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री