कांग्रेसमा ३ लाख ९३ हजार नयाँ क्रियाशील सदस्य थपिए

काठमाडौँ । नेपाली कांग्रेसले ६१ जिल्लामा क्रियाशील सदस्यता वितरण र नवीकरणका काम सकेर नामावली नै वेवसाइटमा सार्वजनिक गरेको छ । अहिलेसम्म ७ लाख ६१ हजार ८२ जनाको नाम कांग्रेसको केन्द्रीय सफ्टवेयरमा इन्ट्री भइसकेको छ ।

कांग्रेसले १० लाख क्रियाशील सदस्ता पुर्‍याउने तयारी गरेको छ । अब १६ जिल्लाका क्रियाशील सदस्यको इन्ट्री गर्न एक सातासम्म समय दिइएको छ । अहिलेसम्म नयाँ क्रियाशील सदस्य ३ लाख ९३ हजार आठ सय ३५ छ । नवीकरण गरिएका सदस्य तीन लाख ६७ हजार दुई सय ४७ जना छन् ।

क्रियाशील सदस्य नै पार्टीका तल्ला निकायका अधिवेशनको मतदाता हुन् । यिनैबाट क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशन प्रतिनिधि बन्छन् र उनीहरूले नै केन्द्रीय कार्यसमिति चुन्छन् । कांग्रेसले भदौ ७ देखि १० सम्म काठमाडौंमा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ । कोरोना महामारीका कारण कसरी महाधिवेशन गर्ने भन्नेमा बहस जारी नै छ ।

विस्तृतमा हेर्नुहोस् :-

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री