यस्तो छ आर्थिक वर्ष २०७८-७९ को बजेट [पूर्णपाठ]

काठमाडाैँ । सरकारले आगामी आर्थिक वर्षका लागि १६ खर्ब खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । चालु आर्थिक वर्षको तुलनामा करिब २ खर्बले आकार बढाएर अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याएका हुन् ।

देशमा कोरोना महामारीको प्रभाव रहेकै बेला पनि सरकारले लोकप्रियता हाँसिल गर्ने गरी बजेट ल्याएको हो । अर्थमन्त्री पौडेलले कोरोनाबाट थला परेको अर्थतन्त्रलाई राहत दिने गरी बजेट ल्याइएको बताएका छन् । बजेटले सबै विषय सम्बोधन गरेको दाबी उनले गरेका छन् ।

प्रधानमन्त्री कार्यालयबाट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ल्याइएको बजेट गत वर्षभन्दा २ खर्बले ठूलो छ । चालु आर्थिक वर्षको बजेट १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट छ ।

अर्थमन्त्री पौडेलले संघीय सरकारका चालु खर्चतर्फ ६ खर्ब ७८ अर्ब बिनियोजन गरेका छन्। यो भनेको कुल बजेटको ४१.२ प्रतिशत हो ।  वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड विनियोजन गरिएको छ । पौडेलले विकास खर्चतर्फ ३ खर्ब ४७ अर्ब बिनियोजन गरेको जानकारी दिएका छन् । यो कुल विनियोजनको २२.७ प्रतिशत हुन आउँछ ।

नयाँ बजेटको मुख्य स्रोतका रुपमा १० खर्ब २४ अर्ब राजस्वबाट उठाउने योजना पौडेलले सुनाए । पौडेलले ६३ अर्ब ३७ करोड अनुदान आउने अनुमान गरेका छन् । त्यस्तै ३ खर्ब ९ अर्ब विदेशी ऋण र २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिने योजना पौडेलले सार्वजनिक गरे ।

पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस् :- पूर्णपाठ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री