सीसीएमसीको सीईओमा पूर्वरथी बालानन्द शर्मा नियुक्त

काठमाडौँ । सरकारले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई सीईओमा नियुक्त गरेको हो ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईका अनुसार सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि सीसीएमसीको पुनर्गठन गरी प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा निर्देशक समिति बनाएको छ । विशेष खालका मुद्दामा डिल गर्न विशेष एजेन्सी प्रभावकारी भएको अनुभवको आधारमा यस्तो व्यवस्था गरिएको भट्टराईले जानकारी दिए ।

यसअघि सीसीएमसीको संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । उपप्रधानमन्त्री पोखरेल अब प्रधानमन्त्री मातहतको निर्देशक समितिको सदस्य मात्र रहनेछन् । सीईओमा नियुक्त भएका शर्मासँग नेपालका तर्फबाट संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा फोर्स कमान्डरको समेत भूमिका निर्वाह गरिसकेको अनुभव छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री