आजको मौसम: यी भू-भागमा वर्षाको सम्भावना

काठमाडाैँ । अहिले देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ का साथै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

आज दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राति प्रदेश १, बागमती, तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि जेठ ११ गते मंगलबार प्रदेश १, बागमती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली÷पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ १२ गते बुधबार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश १ को एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली÷पहाडी भूभागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

आज दिनभर देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री