कथित चुनाव उद्‌घोष सर्वसत्तावाद लाद्ने जालझेल : नेपाल

काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनकाे कदमले ‘प्रतिगमन दाेहाेरिएकाे’ बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकाे याे कदमले ब्यवस्था नै कू गर्ने अग्रसरता भएकाे र राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानकाे मर्मलाई कुठाराघात गरेकाे टिप्पणी गरेका हुन् । याे कदमले ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको’  वरिष्ठ नेता नेपालकाे भनाइ छ । यस्तै संविधानकाे मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल भएकाे नेपालकाे टिप्पणी छ ।

उनले भनेका छन्- ‘चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ । संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री