राष्ट्रिय सहमतिको सरकार बनाउन ओलीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति कायम गर्ने र सहमतिको सरकार बनाउन आह्वान  गरेका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दलहरूलाई वैकल्पिक सरकार बनाउन सुझाव दिदै त्यसो नभए आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका हुन् ।

ओलीले भने, ‘म त अहिले पहिले पनि भन्छु, राष्ट्रिय सहमतिको सरकार बनाऔं, सहमतिका साथ अगाडि बढौं । कोभिड -१९ जस्ता समस्या समाधान गरौं र देशलाई विकासको बाटोमा लैजाऔं ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री