राष्ट्रियसभा उपनिर्वाचनमा ३३८ मत खस्यो,मतदानमा अनुपस्थित हुने १० जनप्रतिनिधि

काठमाडौँ ।  बाग्मती प्रदेशमा राष्ट्रियसभा उपनिर्वाचनमा मतदान सकिएको छ ।

बिहीबार दिउँसो ३ बजेसम्म १०५ जना प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख २३३ जना गरी ३३८ जनाले मतदान गरेका छन् ।

उपनिर्वाचनमा बाग्मती प्रदेशका कुल मतदाता ३४७ मध्ये १० जना अनुपस्थित रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

अनुपस्थित रहनेमा ४ प्रदेशसभा सदस्य र ६ स्थानीय तहका प्रतिनिधि छन् ।

बाग्मती प्रदेशबाट चयन हुने एक जना राष्ट्रियसभा सदस्यका लागि भएको मतदानमा नेकपा एमालेबाट रामबहादुर थापा बादल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एमालेको माधवकुमार नेपाल समूहको समर्थनमा डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ उम्मेदवार छन् ।

बिहीबार नै मतगणना गर्ने र साँझसम्म नतिजा आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री