जापानको टोकियोमा पहिलो पटक हुने सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला

काठमाडौं । जापानको टोकियोमा पहिलो पटक हुने सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ को फारम खुला गरिएको छ ।आगामी २०७५ भाद्र ३१ गते सुर्य ईन्टरनेशनल अवार्ड–२०१८ हुने आयोजकले विज्ञप्ती जारी गरेको छ । उक्त अवार्डमा फिल्म र संगीत तर्फबाट ६-६ गरि १२ विधा रहने  छ ।

 

 

 

 

 

 

 

 

 

जसमा उत्कृष्ट फिल्म, नायक, नायिका, सपोर्टिङ कलाकारमा महिला र पुरुष गरि ६ विधा र संगीत तर्फ लोक, पप र आधुनिक गायक गायिका गरि ६ विधा राखिएको छ । विश्वभरीबाट अनलाईन तथा सामाजिक सञ्जाल मार्फत भोटिङ हुने र भोटिङबाट नै पपुलर अवार्ड वितरण गर्ने आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् ।नेपाली अवार्डको गरिमा र अवार्ड समारोहको वारेमा बेला बखत हुने विवाद तथा चर्चालाई अन्त्य गर्न र यस्ता अवार्डहरुबाट फरक रहन सुर्य ईन्टरनेशनल अवार्ड २०१८ लाई भोटिङ प्रक्रियामा संचालन गरिने विज्ञप्तीमा भनिएको छ । यहि जेष्ठ मसान्तसम्म अवार्डको लागि फरम भर्न पाउने विज्ञप्तीमा उल्लेख छ ।

अवार्डको लागि हाल जापान र नेपालमा भव्य तयारी भईरहेको पनि बासुदेव लामिछाने बताएका छन् । यस्तै अवार्ड समारोहमा ३ दर्जन बढि कलाकर्मीहरु र केही पत्रकारहरु जापानको एउटै मञ्चमा देखिने बताएका छन् ।

अवार्ड समारोहमा कमेडी, नृत्य, गायन लगायतका बृहत साँस्कृतिक प्रस्तुतीहरु प्नि रहने आयोजकले बताईएको छ । विधागत सूची दर्ताको लागि बलामी फिल्म ईनटरटेन्मेन्टका समीर बलामीसँग सहकार्य गर्न पनि विज्ञप्तीमा भनिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन्दीपका समर्थकहरूले मलाई अनफ्रेन्ड गर्नू : अभया सुब्बा

काठमाडौं । गायिका अभया सुब्बाले क्रिकेटर सन्दीप लामिछानेका फ्यानलाई फेसबुकमा अनफ्रेन्ड गर्न आग्रह गरेकी छन् …

प्रतिकृया दिनुहॊस