काठमाडौँ । कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका जिल्ला नेतामाथि गोली प्रहार भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको हो ।
बुधबार राती ११ बजेतिर गोली प्रहार भएको गोली प्रहारबाट नेता पाण्डे र भारतीय नागरिक ईयाज अख्तर घाइते भएका छन् । तौलिहवाका ३५ वर्षीय पाण्डेको पेट र कम्मरमाथि दुईवटा गोली लागेको छ । गोली लागेर गम्भीर घाइते भएका उनीहरुको भैरहवामा उपचार भैरहेको छ ।
राती ११ बजेतिर मोटरसाइकलमा जगदीशपुरतर्फबाट घर जाँदै गरेका उनीहरूमाथि अज्ञात समूहले गोली हानेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता धर्मराज भण्डारीले जानकारी दिए । ‘गोली कसले हान्यो भन्ने खुलिसकेको छैन, हामी अनुसन्धान गरिरहेका छौं,’ प्रवक्ता भण्डारीले भने, ‘ गोली लागेका दुबै जना खतरामुक्त हुनुहुन्छ ।’
तपाईंको प्रतिकृया




