उपत्यका बाहिर गएकाले भेरोसिलको दोस्रो डोज कसरी लगाउने ?

काठमाडौँ । कोभिड-१९ विरुद्धको चिनियाँ खोप भेरोसिलको दोस्रो मात्रा लगाउनुपर्नेहरुलाई विवरण टिपाउन आग्रह गरिएको छ । पहिलो मात्रा लगाएर गाउँ गएका नागरिकलाई आफ्नो विवरण स्थानीय तहको स्वास्थ्य शाखामा टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको हो ।

मन्त्रालयले त्यसरी संकलन गरिएको लगत स्वास्थ्य सेवा विभागमा पठाउन पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । ‘हालको संक्रमणको अवस्था र जिल्ला अनुसार निषेधाज्ञा भएकोले आवतजावतमा संवेदनशिल हुनुपर्ने अवस्था छ । त्यसैले भेरोसेलको दोस्रो मात्रा लगाउनु पर्ने व्यक्तिहरुले आफ्नो स्थानिय तहका स्वास्थ्य संयोजकहरुमार्फत् जिल्ला स्वास्थ्य कार्यालयहरुमा लगत टिपाउनु हुन अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।

लगत तयार भएपछि प्रदेशको समन्वयमा खोप लगाउने मिति र स्थान तोकिनेछ । खोप लगाउने व्यक्तिहरुलाई सवारीसाधन पास बनाएर आवतजावतको व्यवस्था नगरिदिन पनि सम्बन्धित प्रशासन कार्यालयहरुलाई अनुरोध गरिएको छ ।

हेर्नुहोस् सूचना :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रोवोटिक सर्जरीले पाउँदै नयाँ अनुहार

काठमाडौं । भारतको बिहारका डा.आशिष सिंहको चर्चा विश्वभर फैलिँदै गएको छ । उनीसँग उपचारका लागि …

प्रतिकृया दिनुहॊस