‘ताउ ते’को प्रभावः यी भू-भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको गुजरातको देखि उत्तर पश्चिमतिर कमजोर हुँदै अगाडि बढेको चक्रवात ताउ ते को प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज बिहान हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । काठमाडौँ उपत्यकासहित देशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १, गण्डकी प्रदेश र बाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका केही स्थानहरुमा भारी हिमपात तथा वर्षाका सम्भावना रहेको छ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको पनि सम्भावना रहेको छ। उच्च हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकालुमा टिपर दुर्घटना : दुई जना मजदुरको मृत्यु

काठमाडाैं । सङ्खुवासभाकाे मकालु गाउँपालिका-५ फ्याक्सिन्दा दोभानमा टिपर दुर्घटना हुँदा अरुण तेस्रो जलविद्युत् परियोजनामा कार्यरत …

प्रतिकृया दिनुहॊस