ओमानबाट ल्याइयो पाँच सय ६० थान अक्सिजन सिलिण्डर

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले ओमानको मस्कटबाट ५६० थान अक्सिजन सिलिन्डर ल्याएको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोगस्वरुप प्राप्त सिलिन्डर निगमको वाइडबडी ए ३३० जहाजले शनिबार साँझ काठमाडौं ल्याएको हो । अक्सिजन सिलिन्डर लिन निगमको जहाज बिहान मस्कट उडेको थियो ।

यस्तै, चीनको राजधानी बेजिङबाट चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिन्डर लिन निगमको वाइडबडी जहाज शनिबारै राति ११ बजे त्यसतर्फ उडेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री