ट्रमामा सकियो अक्सिजनः १०५ बिरामी जोखिममा

काठमाडौँ । काठमाडौंको ट्रमा सेन्टरमा उपचाररत बिरामी ज्यान जोखिममा परेको छ । कोभिड-१९ संक्रमणको महामारीको बेला अन्य अस्पतालहरु जस्तै ट्रमामा पनि अक्सिजनको चरम अभाव भएपछि उपचाररत बिरामीको ज्यान जोखिममा परेको हो ।

ट्रमा सेन्टरका निर्देशक डा. सन्तोष पौडेल र कोभिड १९ व्यवस्थापन समितिका सदस्य भुवन केसीले अक्सिजन सहयोग मागेका छन् । ‘राष्ट्रिय ट्रमा सेन्टरमा १०५ जना विरामीहरु अक्सीजनको सहायताले उपचाररत छन् । तर आज रात भरी अस्पतालका निर्देशक डा।सन्तोष पौड्यल सहित खटिएर एम्बुलेन्स मार्फत अक्सिजन ओसारर्दा पनि बिहान ७ बजे सम्मको लागि मात्र अक्सीजनको व्यवस्था गर्न सकियो अब तत्काल अक्सीजन व्यवस्था गर्न नसकिएमा भगवान भरोसामा छ,’ भुवन केसीले सामाजिक सञ्जालमा लेखेका छन् ।

ट्रमा सेन्टरमा दैनिक ४ सय सिलिण्डर अक्सिजन चाहिनेमा अहिले जम्मा १ सय सिलिन्डर मात्रै उपलब्ध हुन्छ । सीसीएमसीले १ सय ५० वटाको कोटा तोकिदिएको तर, त्यो कोटाअनुसार सिलिण्डर पाउन पनि मुस्किल रहेको कोभिड १९ व्यवस्थापन समितिका सदस्य केसीले बताए । सीसीएमसीलाई अक्सीजनको व्यवस्था गर्न र जनताको ज्यान बचाउन आह्वान गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री