महालक्ष्मी विकास बैंकद्वारा भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण

काठमाण्डौ । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत  भिम अस्पताल र सिद्घार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ।

कार्यक्रममा बैंकको भैरहवा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पतालको आकस्मिक कक्षकी इन्र्चाज सविता शर्मालाई सर्जिकल मास्क, सेनिटाइजर तथा पिउने पानीलगायतका सामग्री हस्तान्तरण गरेका थिए।

कोरोना महामारीमा अग्रपंक्तिमा खटिएर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैंकले ती सामग्री उपलब्ध गराएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री