बीमा कम्पनीहरु जेठ १३ गतेसम्म बन्द हुने,बैक तथा वित्तीय संस्थाहरु भने खुल्ला रहने

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप भएको छ ।

मंगलबार  काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले बीमा कम्पनीहरु बन्द गर्ने निर्णय गरेसँगै हाल न्युनतम कर्मचारीमार्फत शाखा सञ्चालन गरिरहेका उक्त कम्पनीहरू आगामी जेठ १३ गतेसम्म बन्द हुने भएका छन् ।

बैठकले अत्यावश्यक सेवा बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमा लगायतका कार्यालयहरुको सेवा प्रवाह स्थगन गर्ने र न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालयको आन्तरिक प्रशासन सञ्चालन गर्ने निर्णय भएको हो ।

यस्तै, बैंक वित्तीय संस्थाहरु भने न्युनतम कर्मचारी र शाखाहरु सञ्चालन गरी  काठमाडौं उपत्यकाको हकमा २५ प्रतिशत शाखा कार्यालयहरु मात्र खुल्ला  गर्न पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री