सभापति देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने गरी पदाधिकारी बैठक बोलाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठन गर्न दलहरूलाई आह्वान गरेपछि यसबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा नयाँ सरकार गठनका लागि पहल गर्ने र सम्भावित गठबन्धनको विषयमा छलफल हुने बताइएको छ । पार्टी पदाधिकारी बैठक बसेपछि कांग्रेसले नेकपा माओवादी केन्द्र, जसपालगायत दलसँग नयाँ सरकार गठनबारे छलफल गर्ने तयारी गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ललितपुरको जंगलमा लागेको आगो निभाउने क्रममा घाइते भएका अर्का युवाको मृत्यु

काठमाडौं । ललितपुरमा डढेलो निभाउने क्रममा घाइते भएका थप एक जनाको मृत्यु भएको छ । …

प्रतिकृया दिनुहॊस