सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा मगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री