काठमाडौं । नेकपा एमालेको माधव नेपाल समूहले सहमतिका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको समय सकिएको छ ।
आइतबार दिउँसो सिंहदरबारमा बसेको नेपाल पक्षका सांसदहरुको बैठकले सहमतिका लागि आज बिहान ९ बजेसम्मका लागि ओलीलाई समय दिएका थिए ।
तर, प्रधानमन्त्री ओलीले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएका छैनन् । केपी ओलीका तर्फबाट अहिलेसम्म कुनै जवाफ नआएको सासद् तथा नेपाल समूहका नेता झपट रावलले जानकारी दिए । तोकेको समय सकिएपछि अहिले नेताहरु छलफलमा छन् ।
छलफलमा अब के कदम चाल्ने भन्ने बारे निर्णय हुनेछ । सिंहदरबारमा संसद् सचिवालयमा जम्मा भएर उनीहरुले राजीनामाको निर्णय गर्न सक्ने बताइएको छ ।
तपाईंको प्रतिकृया




